कर्णाली महिला क्रिकेटको फाइनलमा
सुर्खेत: कर्णाली प्रदेश यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहँदै पहिलो पटक उपाधि नजिक पुगेको हो । कर्णाली यसअघि कुनैपनि राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली र सुदूरपश्चिमको समान चार अंक भएपनि नेटर नरेटका आधारमा फाइनलमा पुगेको हो ।
कर्णाली तीन खेलमा दुईमा जित र एक मा हारसहित शीर्ष स्थानमा रहेको हो । सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एक मा हारसहित नेटरनरेटका कारण दोस्रो स्थानमा रह्यो । कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र वागमतीलाई ९ विकेटले पराजित गरेको थियो । लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको थियो ।
उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच शुक्रवार प्रतिस्पर्धा हुनेछ । समूह बी बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगि सकेको छ । समूह बी मा शीर्ष स्थानमा रहेको गण्डकीले प्रदेश १ लाई १५ रन र मधेश प्रदेशलाई २० रनले पराजित भएको थियो ।
प्रकाशित मितिः ११ चैत्र २०७८, शुक्रबार ०५:०१
साझा बिसौनी ।