राष्ट्रिय अपाङ्ग संगठनमा नयाँ नेतृत्व

सुर्खेत: नेकपा (एमाले) निकट लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल सुर्खेतको अध्यक्षमा दिपक गौतम चयन भएका छन् । संगठनको शनिवार वीरेन्द्रनगरमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा विष्णुप्रसाद दाहाल, सचिवमा नारायण बास्तोला, सहसचिवमा मानबहादुर विक र कोषाध्यक्षमा सरिता शर्मा चयन भएका छन् । यस्तै सदस्यहरूमा उदयबहादुर बस्नेत, बिरे कार्की, दिलसरी बुढा र दुर्गा कठायत रहेका छन् ।

निवर्तमान अध्यक्ष तारा देवकोटाको अध्यक्षता तथा नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा एमाले जिल्ला कमिटी सुर्खेतका सहसचिव घनश्याम पाण्डे, जिल्ला कमिटी सदस्य पूर्णप्रसाद पौडेल, संगठनकै प्रदेश संयोजक झक्कप्रसाद पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष डिलाराम भण्डारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ६ चैत्र २०७८, आईतवार ०५:०२