स्मार्ट लकडाउन अन्त्य

सुर्खेत: कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरलाई मध्यनजर गर्दै जिल्ला प्रशसन कार्याल सुर्खेतले जिल्लाभर जारी गरेको स्मार्ट लकडाउन हटाएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसिएमसी)ले लकडाउन हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णयहरू, कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, कामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ समेत दिएको अधिकार प्रयोग गरी सुर्खेतमा लकडाउन जारी गरिएको थियो ।

यस्तै, प्रशासनले हाल कोभिड–१९ को संक्रमण घट्दै गएको भन्दै २०७८/११/२४ गते देखि लागू हुनेगरी लकडाउन हटाएको जनाएको छ । यद्यपि आवश्यक सावधानी अपनाउन भने अनुरोध गरिएको छ । मास्कको अनिवार्य प्रयोग, भौतिक दूरी कायम, स्यानीटाइजरको प्रयोग, भिडभाड नगर्नेलगायतका सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको हो ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७८, बिहीबार ०५:०१