अन्तरपालिका भलिबलको उपाधि लेकवेशीलाई

सुर्खेत: वीरेन्द्रनगरमा भएको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि लेकवेशीले जितेको छ । मंगलवार भएको फाइनल खेलमा चिङ्गाड गाँउपालिकालाई ३–० को सोझो सेटमा हराउँदै लेकवेशी च्यानपियन बनेको हो । लेकवेशीले तीनवटै सेटमा एक्लौटी जित हात पार्दै नगद एक लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको चिङ्गाडले ५० हजार रूपैयाँ पाएको छ ।

खेलको सुरुबाटै दबाबमा राखेको लेकवेशीले २५–२१, २५–२० र २५–२२ ले नजिता आफ्नो पक्षमा पारेको थियो । यसअघि चिङ्गाडले पञ्चपुरी र लेकेवेशीले सिम्तालाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका थिए । समूह चरणको खेलमा पञ्चपुरीले लेकवेशीलाई र सिम्ताले चिङ्गाडलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए । मंगलवार नै भएको अर्कोखेलमा सिम्ता गाउँपालिकालाई हराउँदै पञ्चपुरी नगरपालिका तेस्रो हुन सफल भएको छ । सिम्लालाई २–१ को सेटले पराजित गर्दै पञ्चपुरीले २५ हजार पुरस्कार हात पारेको हो । वीरेन्द्रनगर युवा क्लबको आयोजनाम भएको प्रतियोगितामा सुर्खेतका नौ वटै पालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७८, मंगलवार १८:१४