बिहीवारदेखि निषेधाज्ञा हट्ने

सुर्खेत: वीरेन्द्रनगरमा मंगलवार बेलुकीदेखि जारी निषेधाज्ञा बिहीवारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हट्ने जानकारी गराएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका विभिन्न दलले गरेको विरोध प्रदर्शनका कारण सोमवार बिहानदेखि वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले सोमवार साँझदेखि कफ्र्यू लगाएको थियो ।

स्थिति सामान्य बन्दै गएपछि बुधवार ७ बजेदेखि वीरेन्द्रनगरका केही क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरेर कफ्र्यु हटाइएको थियो । बिहीवारदेखि नै निशेषाज्ञा पनि हटाइने भएको हो । सोमवार बेलुकी बन्दकर्ताहरूले विभिन्न दलका कार्यालयमा तोडफोड र आगजनीसमेत गरेका थिए ।

प्रकाशित मितिः   १८ फाल्गुन २०७८, बुधबार २१:०७