प्रतिनिधिसभामा एमसीसी टेबल

अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधकाबीच एमसीसी संसदमा टेबल भएको हो । २०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रकाशित मितिः   ८ फाल्गुन २०७८, आईतवार १४:१६