विद्यालयस्तरीय फुटसल प्रतियोगिता
सुर्खेत: अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । इन्टरनेसनल कोअपरेटिभ एकेडेमी वीरेन्द्रनगर–४, सुर्खेतले जिल्ला फुटबल संघको समन्वयमा १७ वर्ष उमेर समूहको प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा २८ टिम सहभागी छन् । जसमध्ये शुक्रवार चार वटा खेल सम्पन्न भएका छन् । पहिलो खेल आयोजक इन्टरनेसलन ‘ए’ र हार्भेष्टमुनबीच भएको थियो । जसमा इन्टरनेसनल विजयी भयो । दोस्रो खेलमा कोपिला भ्यालीले डिभि निकेतनलाई पराजित गरेको छ भने तेस्रो खेलमा इत्राम स्कुलले सुर्योदय माविलाई पराजित गरेको हो । शुक्रवार नै भएको अर्को खेलमा इन्टरनेसनलको टिम ‘बी’ले त्रिपुरेश्वर माविलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता फागुन १० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
विद्यालयका प्रिन्सिपल यामराज गिरीको अध्यक्षता तथा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालको प्रमुख आतिथ्यता भएको उद्घाटन कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलसहितको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः ७ फाल्गुन २०७८, शनिबार ०५:०१
साझा बिसौनी ।