पीपीएलए सुर्खेतको अध्यक्षमा योगी
सुर्खेत: प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन सुर्खेतको अध्यक्षमा नारायणनाथ योगी चयन भएका छन् । संगठनको मंगलवार वीरेन्द्रनगरमा भएको चौथो जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रत्नबहादुर भण्डारी, सचिवमा मोतीराम शर्मा र निरादेवी म्याङ्मु तथा कोषाध्यक्षमा जागेश्वर नेपाल चयन भएका छन् । यसैगरी समितिको सदस्यहरूमा केशव विक्रम खड्का, खगेन्द्र खनाल, डम्बर बहादुर थापा, झक्कल बहादुर थापा, राजेन्द्र भारती, वीरेन्द्रकुमार थापा, कमलराज लम्साल र डम्बर सिँजाली रहेका छन् ।
उक्त कार्यक्रम समितिका अध्यक्ष बरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, पूर्व सहन्यायाधिवक्ता धर्मानन्द नाथ, नन्दबहादुर भण्डारी, रामबहादुर बिसीलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:०१
साझा बिसौनी ।