भरमोरा ब्राण्डको टायल शोरुम सञ्चालन

सुुर्खेत: भरमोरा ब्राण्डको टायल शोरुम सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–६ स्थित न्यूू ज्वाला टे«र्डसले भरमोरा टायलको शोरुम सुरु गरेको हो । शोरुमको आइतवार उद्घाटन गरिएको छ । कम्पनीका जनरल म्यानेजर विपिन जोशी र उद्योग वाणिज्य संघ सुुर्खेतका अध्यक्ष धनबहादुुर रावतले शोरुमको संयुुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुुर रावतले अन्तर्राष्ट्रियस्तरको भरमोरा टायल सुुर्खेतमा पाइने भएपछि सहज हुुने विश्वास व्यक्त गरे । ‘सर्वसुलभ रूपमा यतै उपलब्ध भएपछि नेपालगञ्ज–काठमाडौंलगायतका ठाउँमा जानुुपर्ने बाध्यता हट्नेछ,’ उनले भने ।

उक्त शोरुममा विभिन्न फिनिसिङ्गका गुणस्तरीय टायलहरू उपलब्ध हुने सञ्चालक रामबहादुर शाहीले जनाए । न्यूू ज्वाला टे«र्डसले विगत २२ वर्षदेखि वीरेन्द्रनगरमा विभिन्न निर्माण सामग्री बिक्री–वितरण गर्दै आएको छ । बढ्दो सहरीकरणसँगै उपभोक्ताहरूको माग र रोजाइँ बढ्न थालेपछि सोहीअनुसार व्यवसायलाई अघि बढाइएको शाहीले बताए ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार १६:०९