मूल्यवृद्विको विरोधमा निगमको प्रदेश कार्यालय घेराउ

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले) निकट विद्यार्थी संगठन (अनेरास्ववियु) सुर्खेतले आयल निगमको कर्णाली प्रदेश कार्यालय सुर्खेतमा धर्नासहित घेराउ गरेको छ ।

बिहीवार विद्यार्थीहरुले  पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि तत्काल खारेजको माग राखेर धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य प्रेम खड्का, सत्य शाही, प्रभात पोखरेल, सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्य, मध्यपश्चिम विश्वविद्यालय कमिटीका अध्यक्ष प्रकाश रिजाललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १३ माघ २०७८, बिहीबार १७:५२