थपिए तीन सय संक्रमित
संक्रमण दर ५० प्रतिशत
सुर्खेत: कर्णाली प्रदेशभर मंगलवार थप तीन सय एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पाँच सय ९६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ५२ वटा नमुनाको आरटी–पीसीआर परीक्षणमा ३३ र पाँच सय ४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिदा दुई सय ६८ जनामा संक्रमण फेला परेको छ । कूल परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पछिल्लो समय प्रदेशभर कोरोना संक्रमण दर दैनिक रूपमा यही हाराहारीमा देखिने गरेको छ । कर्णालीमा मंगलवार २४ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, सोमवार देशभर १२ हजार आठ सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार एक सय तीन नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार चार सय ३२ र सात हजार आठ सय ६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार पाँच सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । सोही दिन देशभर कोरोना संक्रमति आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्ला विवरणअनुसार तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार नौ सय ३४ सक्रिय संक्रमित छन् ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६ सय ३४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ११ हजार ६ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म आठ लाख २७ हजार दुई सय ७९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार एक सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार आठ सय १७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये दुई सय ४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
प्रकाशित मितिः १२ माघ २०७८, बुधबार ०५:०१
साझा बिसौनी ।