सुर्खेतका गिरी र दैलेखकी शाही सहायक महामन्त्रीमा मनोनित

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएपछिको राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्रीमा सुर्खेतका मुकुन्दश्याम गिरी र दैलेखकी कुन्ती शाही मनोनित भएका छन् ।

पार्टिका कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपति सम्सेर राणाले गिरी र शाहीलाइ सहायक महामन्त्रीमा मनोनित गरेका हुन् ।

प्रकाशित मितिः   ६ पुष २०७३, बुधबार १२:३६