सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ नेतृत्व चयन

सुर्खेत- सुर्खेत जिल्ला क्रिकेट संघको नयाँ कार्य समिति चयन गरिएको छ। बिहिवार भएको साधारण सभाबाट श्रीधर केसीकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । केसी यसअघि पनि अध्यक्ष थिए ।

यस्तै उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन भएका छन् । सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोईराला, रोशन शाही, बिदूर केसी, सम्राट राई चयन भएका छन् ।

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाहरुले खेलाडीहरुको भविष्यका लागि पूर्वाधार निर्णमामा जोड दिनुपर्ने बताएका थिए ।नेपाल क्रिकेट संघका सदस्य पदमबहादुर खड्काले कर्णाली प्रदेशमा उपयुक्त खेल मैदान नहुँदा क्रिकेट खेलाडीहरु प्रदेश बाहिर गएर अभ्यास गर्नुपरेको बताए ।

कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले परिषद बनेदेखि नै खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा छलफल चलिरहेको बताए । परिषदका सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलाडी र खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिस्पर्धामा जोड दिनुपर्ने बताए ।

प्रकाशित मितिः   ६ माघ २०७८, बिहीबार १८:३५