लोकसेवा आयोगका सबै परीक्षा स्थगित

काठमाडौं – लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ ।

आयोगले माघ मसान्तसम्म निर्धारित सबै परीक्षा स्थगित गरेको लोक सेवा आयोगका प्रवक्ता तोयानारायण सुवेदीले जानकारी दिए ।

कोरोना भाइरसको ओमक्रोन भेरियन्टको संक्रमण बढ्न थालेपछि परीक्षा स्थगित गर्नुपरेको उनले जनाए ।

प्रकाशित मितिः   ६ माघ २०७८, बिहीबार १६:५१