त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले जारी परीक्षाहरु अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ । कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिरहेको र विद्यार्थी, त्रिविका कर्मचारी तथा प्राध्यापकसेमत संक्रमित भइरहेको भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले त्रिविबाट सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षा ९ माघ (आइतवार) देखि स्थगित गरिएको जनाएको हो।
प्रकाशित मितिः ६ माघ २०७८, बिहीबार १६:३३
साझा बिसौनी ।