कोभिड भुलेर भिड

कोरोना भाइरस(कोभिड-१९)को संक्रमण दिन प्रतिदिन बढ्दैछ । तर सुर्खेतका सार्वजनिक स्थानमा भने आवश्यक सावधानी अपनाइएको छैन । सरकारी कार्यालयले समेत स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छैनन् ।

सुर्खेतस्थित सबैजसो सरकारी कार्यालय र सार्वजनिक स्थानमा सतर्कता न्यून छ । सेवाग्राहीको चाप हुने कार्यालयमा पनि भौतिक दूरी कायम गर्ने र मास्कको अनिवार्य प्रयोगमा कडाइ गरिएको छैन ।

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा स्वास्थ्य सुरक्षामा हेलचक्य्राइँ भइरहेको छ । जहाँ सेवाग्राहीको अत्याधिक भिड लाग्ने गर्छ । संक्रमणको जोखिम कम गर्न अन्य कार्यालयहरूले मापदण्ड पालना गरे-नगरेको अनुगमन तथा नियमन गर्ने निकाय प्रशासनले नै जोखिमको बेवास्ता गरेको पाइएको छ ।

प्रकाशित मितिः   १ माघ २०७८, शनिबार १८:५८