प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो हार

सुर्खेत – प्रधानमन्त्री(पीएम) कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो हार बेहोरेको छ । आज भएको खेलमा सुदूरपश्चिमसँग ४७ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पुरा ओभर खेल्दै आठ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । उसका लागि अर्जुन साउँदले सर्वाधिक ३२ रन बनाए। त्यस्तै, दिपक बोहराले २५ र खडक बोहराले २२ रन बनाए ।

कर्णालीका प्रकाश जैशीले तीन विकेट लिँदा दिवान पुन र रविन्द्र शाहीले समान १-१ विकेट लिए । दिनेश अधिकारीले पनि एक विकेट लिए ।

एक सय ५४ रनको लक्ष्य पछ्याएको कर्णाली एक सय ६ रनमै समेटियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले सर्वाधिक ३५ र अर्जुन घर्तीले ३० रन बनाए ।

सुदूरपश्चिमका शेर मल्ल एक्लैले चार विकेट लिए ।

प्रतियोगितामा तेस्रो खेल खलिसक्दा कर्णालीले २ हार र एक जित निकालेको छ । पहिलो खेलमा आर्मी क्लबसँग पराजित भएको थियो भने दोस्रो खेलमा प्रदेश नम्बर १ लाई पराजित गरेको थियो ।

प्रकाशित मितिः   २९ पुष २०७८, बिहीबार १२:३७