एमाले सुर्खेतको अध्यक्षमा बिसी निर्वाचित

सुर्खेत – नेकपा (एमाले) सुर्खेतको अध्यक्षमा अमृतबहादुर बिसी निर्वाचित भएका छन् । आठौ जिल्ला अधिवेशनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

बुधवार विहान सम्पन्न मतगणनामा उनले ३ सय ६८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी डण्डीप्रसाद शर्माले २ सय ६७ मत पाए ।

अन्य पदाधिकारीमा पनि बिसीकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा ३ य ९४ मतसहित कुलमणी देवकोटा विजयी भए । अर्का उम्मेदवार ऋषि गिरीले २ सय २६ मत पाए ।

सचिवमा विजयी कविन्द्रकुमार केसीले ३ सय ९० मत ल्याउँदा रेशम रानाले २ सय ३३ मत पाएका छन् ।

यसैगरी उपसचिवमा घनश्याम पाण्डेले ३ सय ९१ मतसहित जित हात पारे । ३ सय ६९ मत ल्याएका बलबहादुर नेपाली पनि उपसचिवमा निर्वाचित भए ।

शर्मा समूहबाट उपसचिवको उम्मेदवार बनेका नेत्रलाल महतारा र टिकाराम सुवेदीले क्रमशः २ सय ८ र २ सय ९ मत पाएका छन् ।

पुस २३ गते उद्घाटन गरिएको अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि मंगलवार मतदान गरिएको थियो ।

प्रकाशित मितिः   २८ पुष २०७८, बुधबार ११:४२