संयुक्त होटल अनुुगमन

सुर्खेत: वीरेन्द्रनगरको सिटी बसपार्क आसपास रहेका होटलहरूको अनुुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको नेतृत्वमा संंयुक्त बजार अनुुगमन समितिले १७ वटा होटलको सञ्चालन अवस्थाबारे निरीक्षण गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले अनुुगमनका क्रममा अधिकांशका भान्सा फोहोर रहेको पाइएको बताए । थापाका अनुसार संयुक्त अनुुगमन टोलिले साना होटल, रेष्टुरेन्ट, नास्ता तथा मिठाइ पसलहरूको निरीक्षण गरेको हो ।

त्यस्तै, नास्ता तथा मिठाइका परिकारमा रङ हालेर बनाइएको र एउटै तेल पटक–पटक प्रयोग गर्ने गरेको पाइएको छ । साना नास्ता तथा मिठाइ पसलहरू दर्ता नै नगरेर समेत सञ्चालन भइरहेको भेटिएको अनुुगमन टोलिले जनाएको छ । कैफियत भेटिएका मिठाइ तथा नास्ताका परिकार र तेलको गुणस्तर मापन गर्न नमुनाहरू ल्याइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख थापाले भान्सामा सरसफाइ गर्ने, रङ नहाल्ने तथा एउटै तेल पटक–पटक प्रयोग नगर्न होटल सञ्चालकहरूलाई निर्देशनसमेत दिइएको छ । संयुक्त अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका साथै जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका र राष्ट्रिय उभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   २८ पुष २०७८, बुधबार ०५:०१