पीएम कपमा कर्णाली पराजित

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कर्णाली प्रदेश पराजित भएको छ । सोमवार भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णालीलाई ६३ रनले पराजित गरेको हो ।

एक सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १४ दशमलब ४ ओभरमा अलआउट हुँदै मात्र ५३ रनमा समेटियो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ तथा कप्तान रविन्द्र शाहीले १५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट हात पारे । सुशान भारी र शहाब आलमले दुई–दुई विकेट लिए । सोमपाल कामी र विक्रम सोबले एक–एक विकेट हात पारे ।

यस अघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै एक सय १६ रन जोडेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए । सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १÷१ विकेट लिए ।

प्रकाशित मितिः   २६ पुष २०७८, सोमबार १७:५८