जिप दुर्घटनामा एक जनाको मृत्यु
सुर्खेत: दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाने क्रममा बुधवार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका–६ स्थायी घर भइ वडा नं. १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । मृतक रोकाय जिप चालक हुन् ।
सदरमुकामतर्फ जाँदै गरेको लु२च ४८२९ नम्बरको जिप नारायण नगरपालिका–११ स्थित लोहोरेमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनाारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मितिः २२ पुष २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।