गिरी केन्द्रीय सदस्यमा मनोनित
सुर्खेत: सुर्खेतका मुकुन्दश्याम गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीसहित ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
यस्तै दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् । त्यस्तै अन्य मनोनित सदस्यमा दिनेश श्रेष्ठ, गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा रहेका छन् ।
त्यसैगरी रामप्रपात साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र वम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट, नवीक शाही रहेका छन् । राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी एक सय ९९ सदस्यीय हुनेछ । जसमा मंसिरको दोस्रो साता भएको महाधिवेशनले एक सय ४९ सदस्य निर्वाचित गरेको थियो । ३१ सदस्यको मनोनयनपछि राप्रपाको केन्द्रीय कार्यसमिति एक सय ८० सदस्यीय भएको छ । तर कमल थापा पक्ष भने यो मनोनयनबाट असन्तुष्ट देखिएको छ । थापा निकट रहेका केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसअघि महŒवपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नसमेटेको र भौगोलिक, जातीय रूपमा पनि मनोनयन सन्तुलित नभएको बताएका छन् ।
प्रकाशित मितिः २१ पुष २०७८, बुधबार ०५:०१
साझा बिसौनी ।