ज्येष्ठ सदस्यलाई सम्मान

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाको २३औं स्थापना दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार ७० वर्ष पूरा भएका एक सय ६७ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरिएको हो ।

संस्थाका ज्येष्ठ सदस्य सहयोग उपसमिती संयोजक राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष हरिहरनाथ योगी, वीरेन्द्रनगरको वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल, संस्थाका कोषध्यक्ष नवराज कंडेलसहितको सहभागिता रहेको थियो । संस्थाले हरेक वर्ष ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरूलाई सम्मान गर्दै आएको छ । संस्थाले शुक्रवार निःशुल्क स्वास्थ्य जाँच शिविर गरेको थियो ।

प्रकाशित मितिः   १८ पुष २०७८, आईतवार ०५:०१