राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारका लागि कर्णालीबाट एमालेका नौ जनाको नाम सिफारिस
सुर्खेतः आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले कर्णालीबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् ।
सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्द विक्रम शाह र कालीकोटका हिरे सुनार अन्य कलस्टरमा सिफारिस भएका छन् । त्यस्तै, महिलातर्फ जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम उम्मेदवारका लागि पठाइएको छ । हरेक कलस्टरमा तीन जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको हो । प्रदेशमा रिक्त तीन जना राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।
साझा बिसौनी ।