कांग्रेस केन्द्रीय सदस्यमा गणेश लामादेखि शशांक कोइरालासम्म

काठमाडौं – नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । ९९ जना उम्मेदवारमध्ये ३५ जना केन्द्रीय सदस्यमा विजयी भएका छन् । पार्टीको विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।

केन्द्रीय सदस्यमा सभापित शेरबहादुर देउवा पक्षमा २५ र शेखर कोइराला पक्षका ९ जना  निर्वाचित भएका छन् । देउवा प्यानलका गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, सुनील थापा, उदयशमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् ।

यस्तै देउवा पक्षका मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आर्चाय, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदनबहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।

कोइराला प्यानलका अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, दिलेन्द्र बडू, दिपक गिरी, गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी गरी ९ जना खुला केन्द्रीय सदस्य बनेका छन् । शशांक कोइराला भने देउवा र शेखर दुवै समूहमा थिए ।

प्रकाशित मितिः   ४ पुष २०७८, आईतवार २१:१६