पाइनियरको अध्यक्षमा भण्डारी
सुर्खेत: पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा भीमबहादुर भण्डारी चयन भएका छन् । संस्थाको शनिवार सम्पन्न १८औं वार्षिक साधारण सभाबाट भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्म चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा उपेन्द्रबहादुर खड्का, सचिवमा नन्दबहादुर भण्डारी र कोषाध्यक्षमा मानबहादुर शाही रहेका छन् भने सदस्यहरूमा माधवप्रसाद खनाल, उदयराम भण्डारी, कृष्णबहादुर भण्डारी, यामकुमारी ढकाल, टिकाकुमारी भण्डारी, ज्ञानेन्द्रबहादुर विश्वकर्मा, सुशिला राना, जीतेन्द्र थापा र पृथबहादुर भण्डारी चयन भएका छन् । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा रूपेश खत्री तथा सदस्यमा रणबहादुर थापा र हेमन्ती खड्कालाई चयन गरिएको छ ।
संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा सदस्य संख्या ६ हजार ४८ पु¥याएको छ भने शेयर पुँजी ६ करोड ६५ लाख ४४ हजार आठ सय पुगेको जनाइएको छ । १४ करोड ६७ लाख २१ हजार बचत गरिएको छ । ४० करोड २७ लाख ७८ हजार ऋण लगानी गरेको संस्थाले एक करोड १६ लाख २३ हजार चार सय ४९ रूपैयाँ नाफा गरेको हो ।
प्रकाशित मितिः ४ पुष २०७८, आईतवार १०:२५
साझा बिसौनी ।