कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो पटक सभापति निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित हुन दुई हजनर दुई सय ८२ मत आवश्यक पर्नेमा देउवाले स्पष्ट बहुमतसहित जित हात पारेका हुन् ।
पहिलो चरणमा सोमवार सभापतिमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए । तर कसैले पनि बहुमत नपाएपछि मंगलवार पुन: मतदान गरिएको हो ।
अन्य पदाधिकारी र सदस्यहरुको मतगणना भने बिहीवारदेखि सुरु हुनेछ ।
प्रकाशित मितिः २९ मंसिर २०७८, बुधबार ०२:०६
साझा बिसौनी ।