पिपलबोटको अध्यक्षमा सार्की

सुर्खेत: पिपलबोट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बलबहादुर सार्की चयन भएका छन् । संस्थाको १९औं वार्षिक साधारणसभाबाट नौ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा मनिराम भण्डारी, सचिवमा गणेशमान खनाल, कोषाध्यक्षमा खेमराज रावत तथा सदस्यहरूमा सरिता बुढाथोकी, तारा बिष्ट, अशोककुमार गाहा मगर, मानबहादुर बसेल र रेशमप्रसाद ढकाल सर्वसम्मत रूपमा चयन भएका हुन् । त्ययसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा डिल्लीराम लम्साल तथा सदस्यमा सरिता पन्त कंडेल र किरण किशोर सापकोटा चयन भएका छन् ।
साधारणसभामा निवर्तमान अध्यक्ष अध्यक्ष टेकराज कोईरालाले बार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन तथा आगामी वर्षको बजेट, डिल्लीराम लम्सालले आन्तरिक लेखापरिक्षण प्रतिवेदन, बलबहादुर सार्कीले ऋण उपसमितिको प्रगति प्रतिवेदन, गणेशमान खनालले ऋण अनुगमन उपसमितिको प्रगति प्रतिवेदन, मानबहादुर बसेलले शिक्षा उपसमितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कुल पुँजी १३ करोड २३ लाख पुगेको जनाइएको छ ।

प्रकाशित मितिः   २७ मंसिर २०७८, सोमबार ११:२९