कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं –  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको पछिल्लो नामावलीअनुसार सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उम्मेदवारी परेको छ ।

उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार रहेका छन् ।

प्रकाशित मितिः   २६ मंसिर २०७८, आईतवार १६:२९