सञ्चारिकाको प्रदेश अध्यक्षमा वली
सुर्खेत: सञ्चारिका समूह कर्णाली प्रदेशको अध्यक्षमा सिता वली चयन भएकी छन् । समूहको बिहीवार सम्पन्न दोस्रो अधिवेशनबाट वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
समूहको उपाध्यक्षमा कृष्णमाया उपाध्याय, महासचिवमा चाँदनी कठायत, सचिवमा मनिषा केसी र कोषाध्यक्षमा सृजना बुढाथोकी चयन भएका छन् । यस्तै सदस्यमा रजनी योगी, सुकुमाया शाही, कोमल शाही, तिलसरा विक, पवित्रा जैसी, चन्द्रा कंडेल र कल्पना ढेंगा मगर चयन भएका छन् । दुई जना सदस्य पछि मनोनित गर्ने जनाइएको छ । नयाँ कार्यसमितिको कार्यकाल भने तीन वर्ष रहनेछ । सञ्चारिका समूहले महिला पत्रकारहरूको हकहितका लागि काम गर्दै आएको छ ।
प्रकाशित मितिः २४ मंसिर २०७८, शुक्रबार ०९:०४
साझा बिसौनी ।