राप्रपामा आलोपालो नेतृत्व
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतको नेतृत्व कविराम पुरीले गर्ने भएका छन् । दुई राप्रपाको एकीकरणपछि आलोपालो नेतृत्व प्रणाली अन्तर्गत पहिले पुरीले पार्टी अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
पुरीले एक महिना पार्टीको नेतृत्व गर्नेछन् । त्यसपछिका एक महिना मानबहादुर खड्काले नेतृत्व गर्नेछन् । जिल्ला पार्टी एकीकरण भेलाले नेतृत्व चयन गर्न नसकेपछि केन्द्रले आलोपालो गरेर नेतृत्व गर्न निर्देशन दिएको छ । जस अनुसार पहिलो नेतृत्व पुरीले पाएका हुन् । उनी यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्ष थिए ।
पार्टीको जिल्ला अधिवेशन माघमसान्तभित्र गरिसक्नुपर्नेछ । त्यसैले अधिवेशनअघि आलोपालो गरेर दुवै पार्टीका अध्यक्षले जिल्लाको नेतृत्व लिने भएका हुन् । दुवै पार्टीका जिल्ला समितिमा रहेका पदाधिकारी र सदस्यहरूलाई भने साही जिम्मेवारीमै राखिने जनाइएको छ । जिल्ला अधिवेशनपछि गाउँस्तरमा एकीकरण भेला गरिने अध्यक्ष पुरीले जानकारी दिए ।
प्रकाशित मितिः २ पुष २०७३, शनिबार १२:१८
साझा बिसौनी ।