आइतवार साङ्गीतिक साँझ

सुर्खेत: वीरेन्द्रनगरमा यही मंसिर १९ गते ‐आइतवार) सांगितिक साँझ कार्यक्रम हुने भएको छ । स्वर सम्राट नारायण गोपालको स्मृतिमा सांगितिक कार्यक्रम गर्न लागिएको हो । हरेक वर्ष गरिँदै आएको नारायण गोपाल स्मृति साँझलाई यसपालि पनि निरन्तरता दिन लागेको बागीना समूहका सचिव भानुभक्त अधिकारीले बताए । उनका अनुसार यसअघिका दुई वर्ष भने कोरोना महामारीका कारण कार्यक्रम स्थगित गरिएको थियो । बागीनाको आयोजनामा हुने साङ्गीतिक कार्यक्रम एक घण्टा सञ्चालन हुनेछ । बागीना प्राङ्गणमा साँझ ५ देखि ६ बजेसम्मका लागि कार्यक्रम तय गरिएको सचिव अधिकारीले जनाए ।

आयोजकका अनुुसार संगीतमय साँझमा नारायण गोपालले गायका कालजयी गीतहरू राष्ट्रिय तथा स्थानीय कलाकारहरूले गाउने छन् । कार्यक्रममा प्रदेश सरकार तथा विभिन्न निकायका उच्चपदस्थ व्यक्ति र कलाकारहरूलाई आमन्त्रित गरिएको छ । बागीना समूह कला, संस्कृतिको संरक्षण तथा प्रबद्र्धनका लागि झन्डै तीन दशकदेखि क्रियाशील छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७८, शुक्रबार ०९:३७