आधारभूत पत्रकारिता तालिम समापन
सुर्खेत: एक हप्ते आधारभूत पत्रकारिता तालिम मंगलवार समापन भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र मिडिया अलर्टको आयोजना तथा पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा तालिम भएको थियो ।
तालिम समापन कार्यक्रममा प्रशिक्षक एवम् पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले तालिममा सिकेका बुँदाहरूलाई व्यवहारमा लागू गर्न सुझाव दिए । उनले पत्रकारिता पेसामा दक्षता हासिल गर्न तालिममा महŒवपूर्ण सहयोग गर्ने बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम व्यवस्थापक संघर्ष पन्तले आधारभूत पत्रकारिता तालिमपछि थप अर्को क्षमता अभिवृद्धि तालिम पनि गरिने जानकारी दिइन । उनले एक हप्ताको अवधिमा पत्रकारिताको आधारभूत सिद्धान्तको बारेमा प्रशिक्षण दिइएको बताउँदै आगामी दिनमा पत्रकारिता क्षेत्रमा थप क्रियाशील रहन सुझाव दिए ।
महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले जिल्लाको पत्रकारितालाई अगाडि बढाउन तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिमका सहभागी अस्मिता बादी र जगत खत्रीले तालिम फलदायी भएकोले पत्रकारितालाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताए । सुर्खेतका विभिन्न सञ्चारमाध्यममा कार्यरत करिब ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः १५ मंसिर २०७८, बुधबार ०८:२३
साझा बिसौनी ।