थपिए तीन सय संक्रमित

सुर्खेत: बिहीवार देशभर तीन सय आठ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार नौ सय नौ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट दुई सय ८१ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्टि भएको छ ।

यस्तै दुई सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख एक हजार चार सय २० जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी तीन जनाको मृत्यु भएको र हालसम्म ११ हजार पाँच सय १६ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित सात हजार तीन सय ४९ जना छन् । आइसीयूमा एक सय ९७ र भेन्टीलेटरमा ४१ जना उपचाररत छन् । होम आइसोलेसनमा ६ हजार नौ सय ६१, संस्थागत आइसोलेसनमा तीन सय ८८ र क्वारेन्टाइनमा एक सय तीन जना छन् ।

प्रकाशित मितिः   १० मंसिर २०७८, शुक्रबार ०५:०१