दुई जिल्लामा सर्वसम्मत नेतृत्व
सुरखेत: नेपाली कांग्रेसले जाजरकोट र कालीकोटमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । १४औं महाधिवेशन अन्तर्गत आइतवार जिल्ला र प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व छनोट गरिएको हो ।
जाजरकोटको जिल्ला सभापतिमा बेदराज सिंह चयन भएका छन् । उनी गएको अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए । यस्तै, जिल्ला कार्यसमितिको उपसभापतिमा खडक विसी र रत्न खड्का चयन भएका छन् । हरिचन्द्र बस्नेत र तेजविक्रम शाह सचिव बनेका छन् भने उपसचिवमा छवि पन्त चयन भएका हुन् । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत (क) मा लिलाबहादुर शाह र (ख) मा जनकराज शर्मालाई सर्वसम्मत छनोट गरिएको छ ।
कालीकोटमा कांग्रेसको जिल्ला सभापतिमा अम्मबहादुर शाही चयन भएका छन् । प्रदेश निर्वाचन क्षेत्र १ मा नन्दबहादुर सिंह सभापति बनेका छन् भने २ मा आनन्दविक्रम शाह सभापतिमा चयन भएका हुन् । महाधिवेशन प्रतिनिधिमा भुपेन्द्रजंग शाही, हर्षबहादुर बम, कालीबहादुर सहकारी, मुक्तीप्रसाद न्यौपाने, नारायण भट्टराईसहित २४ जना छानिएका छन् । यी दुवै जिल्लामा वडा, गाउँ÷नगर, निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति र प्रतिनिधि चयनसमेत सर्वसम्मत भएको हो ।
प्रकाशित मितिः ७ मंसिर २०७८, मंगलवार ०५:०३
साझा बिसौनी ।