नेपाल एसिया कपमा श्रीलंकासँग १ रनले हार्‍यो

यु १९ एसिया कपको पहिलो खेलमा नेपाल १ रनले पराजित भएको छ।

आयोजक श्रीलंकाको २२८ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरको ३ बल बाँकी हुँदा १२६ रन बनाउँदै अल आउट भएपछि सम्मानजनक हार बेहोर्न बाध्य भयो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ९० रन बनाए।