शैक्षिक सामग्री सहयोग

सुर्खेत: नेकपा(एमाले) वीरेन्द्रनगर–३ का अध्यक्ष विनोदसिंह विष्टले विपन्न समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । हरिडिलभूमि आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडासहित शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विष्टले स्वर्गीय बुवा मणिराम विष्टको सम्झनामा २५ हजार बराबरको शैक्षिक सामग्री र १५ हजार बराबरको न्यानो कपडा वितरण गरिएको जनाए । ‘विद्यालयमा अध्यनरत गरिव, असहाय र असक्त बालबालिकाहरूलाई सामग्री प्रदान गरेको हुँ,’ विष्टले भने, ‘आगामी दिनमा पनि यस्ता सहयोग कार्यहरूलाई निरन्तरता दिने योजना बनाएको छु ।’ सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर रोकाय, प्रधानाध्यापक इन्द्रा हमाललगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः   ४ मंसिर २०७८, शनिबार १२:२६