वीरेन्द्रनगरमा बन्दको प्रभाव (फोटोफिचर)

सुर्खेतः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुनसान छ । बजार क्षेत्रमा बन्दको पूर्ण प्रभाव परेको छ । व्यवसाय बन्द छन् भने सार्वजनिक सवारी साधन गुडेका छैनन् । सडकमा निजी सवारी साधन पनि फाटफुट मात्र देखिन्छन् । सवारी साधन नचल्दा यात्रुहरूले सास्ती पाएका छन् । यहाँका शैक्षिक संस्था र वित्तीय क्षेत्रमा पनि बन्दको असर परेको छ । ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्द गरेको हो ।

 

प्रकाशित मितिः   ३० कार्तिक २०७८, मंगलवार ११:३३