राप्रपा महाधिवेशनको कार्यतालिका परिमार्जन
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको निर्वाचन मंसिर ३ देखि ५ गतेसम्म हुने गरी कार्यतालिका परिमार्जन गरिएको छ ।
यसअघि सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन मंसिर १ देखि ३ गतेसम्म गरिने कार्यतालिका रहेपनि सक्रिय सदस्यहरुको सदस्यता शुल्क बुझाउने काम सम्पन्न नभएका कारण कार्यतालिका परिमार्जित भएको जनाइएको छ ।
राप्रपाको बिहीवार सक्रिय अध्यक्षहरुको बैठकले कार्तिक २८ गतेसम्म सदस्यता शुल्क नबुझाए सदस्यता स्वतः खारेज हुने निर्णय पनि गरेको छ । यसैगरी, केन्द्रीय निर्वाचन समितिले कार्तिक ३० गते जिल्लाहरुमा सक्रिय सदस्यहरुको नामावली पठाउने, मंसिर १ र २ गतेभित्र सक्रिय सदस्यहरुको नामावलीमा दाबी विरोध गर्ने कार्यतालिका तय गरेको छ।
राप्रपाको केन्द्रीय महाधिवेशनको मिति भन परिवर्तन गरिएको छैन । पार्टीको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म हुने कार्यतालिका रहेको छ।
प्रकाशित मितिः २६ कार्तिक २०७८, शुक्रबार १०:५५
साझा बिसौनी ।