प्रदेशस्तरीय छनोटका लागि यू-१९ टिम घोषणा

सुर्खेत- सुर्खेत जिल्ला क्रिकेट संघले १९ वर्षमुनिको टोली घोषणा गरेको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताका लागि संघले १८ सदस्यीय टोली घोषणा गरेको हो ।

सोमवार सार्वजनिक गरिएको टोलीमा राजेशकुमार खड्का, कमल विष्ट, मनिस थापा, रुपक दाहाल, आभाष शाह, रामविक्रम कार्की, अनुप कुँवर, मोहन गुरुङ र निश्चल रावल रहेका छन् ।

यस्तै प्रकाश जैसी, राजकुमार शाह, रोसन शाही, विवेक शर्मा, सुवोध एैयर, सन्दिप शाही, प्रज्वल सिँजाली, युवराज पंगाली र हर्सिल जंग शाही पनि टिमका सदस्य रहेको संघका सचिव प्रकाश भुषालले जानकारी दिए ।

कर्णाली प्रदेशस्तरको छनोट प्रतियोगिता कार्तिक २५ गतेदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिताबाट खेलाडी छनोट गरेर प्रदेशस्तरीय टोली राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ ।

राष्ट्रिय प्रतियोगिता मंसिर ४ देखि काठमाडौंमा सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७८, सोमबार २१:२७