मुख्यमन्त्री जीवनबहादुर शाहीले लिए शपथ
सुर्खेत – नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन् । मंगलवार राति उनले मुख्यमन्त्रीका रुपमा शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।
आज शपथ ग्रहण गरेका शाहीले भोली(बुधवार) मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबन्डामा गठबन्धनका दलहरुबीच सहमति हुन बाँकी छ ।
पूर्वसहमतिअनुसार महेन्द्रबहादुर शाहीले सोमवार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै जीवनबहादुर शाही मुख्यमन्त्री बनेका हुन् ।
प्रकाशित मितिः १६ कार्तिक २०७८, मंगलवार २०:४२
साझा बिसौनी ।