तिहारको किनमेल (फोटो फिचर )


सुर्खेतः तिहार सुरू भएसँगै बजारमा चहलपहल बढेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा तिहारका सरसामान किनमेल गर्नेको भिड लागेको छ । उपभोक्ताहरूले लक्ष्मीपूजा र भाइटीकाका दिन आवश्यक पर्ने सामान खरिद गर्न थालेका हुन् । उपभोक्ताको घुइँचोले बजारमा तिहार सुरू भएको जनाउ मात्र दिएको छैन, रौंनक पनि थपिदिएको छ ।

चाडपर्वमा अन्य बेलाभन्दा धेरै चहलपहल हुन्छ । यो समयमा आर्थिक कारोबार समेत राम्रो हुने गरेको व्यवसायीहरू बताउँछन् । अहिले सर्वसाधारण उपभोक्ताहरुको भिडले कर्णालीको प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर बजार क्षेत्र गुल्जार छ । पसलहरू झकिझकाउ छन् । तिहारमा भाइमसला, झिलिमिली बत्ति र खासगरी कृतिम फूलबाट बनेका मालाहरू बजारबाट किन्ने चलन छ । व्यवसायीहरूका अनुसार तिहारमा चाहिने अत्यावश्यक वस्तुको मूल्य भने हरेक वर्ष बृद्धि हुँदै गएको छ ।

तस्बिरमा हेर्नुहोस्,

प्रकाशित मितिः   १६ कार्तिक २०७८, मंगलवार १३:४६