औषधी व्यवसायी संघमा भण्डारी

नेपाल औषधी व्यवसायी संघ कर्णाली प्रदेशले प्रथम अधिवेशन गरेको छ । वीरेन्द्रनगरमा शनिवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर भण्डारी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा धर्मराज रावल र उपाध्यक्ष (थोक) तर्फ पूर्ण बुढथापा, (खुद्रा) तर्फ पदम केसी चयन भएका हुन् । त्यस्तै, संघको प्रदेश महासचिवमा दानबहादुर रोकाय, सचिवमा रविन्द्र थापा, कोषाध्यक्षमा गोमाकुमारी नेपाली र उप–कोषाध्यक्ष सरिता रोकाय रहेका छन् ।

संघको कार्यसमिति सदस्यमा पूर्ण प्रकाश बराल, डिल्लीराम सापकोटा, किरणप्रसाद चौलागाई, धर्मदत्त हमाल, लछिराम महत, पृथ्वीनाथ योगी, रामबहादुर बस्नेत, ज्वारीलाल भट्टराई, इन्द्र केसी सर्वसम्मत रूपमा छनोट भएका छन् । निर्वाचन समितिका अनुसार सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रथम अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठ र कर्णालीका केही औषधि व्यवसायीहरूलाई सम्मान गरिएको थियो । वि.स. २०४५ सालदेखि स्थापना भएको औषधी व्यवसायी संघले औषधी व्यवसायीको हकहितका लागि काम गर्दै आएको छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७८, आईतवार ०५:००