वीरेन्द्रनगर काँक्रेविहार गोल्डकपको फाइनलमा
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका काँक्रेविहार गाेल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा चिङ्गाड गाउँपालिकालाई ३-२ गोलअन्तरले पराजित गर्दै वीरेन्द्रनगर उपाधि नजिक पुगेको हो ।
वीरेन्द्रनगरले अब उपाधिका लागि पञ्चपुरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतवार हुने आयोजक काँक्रेविहार युवा क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए ।
प्रकाशित मितिः १३ कार्तिक २०७८, शनिबार १७:१५
साझा बिसौनी ।