प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा

सुर्खेत – प्रेस सेन्टर नेपाल सुर्खेतको अध्यक्षमा टेकेन्द्र विश्वकर्मा चयन भएका छन् । शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनले विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हृदय रिमाल, उपाध्यक्ष (महिला) पशुपता थापा, सचिवमा यज्ञ खत्री, सह–सचिवमा खिम बुढा, कमला खड्का र कोषाध्यक्षमा गीता कटुवाललाई चयन गरिएको छ ।

सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले गरेकी थिइन् ।

प्रकाशित मितिः   १२ कार्तिक २०७८, शुक्रबार २१:२४