ताजिकिस्तानसँग ६-० ले पराजित, छनोटबाटै बाहिरियो नेपाल
काठमाडौं – एएफसी यू-२३ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहीवार राति भएको खेलमा आयोजक ताजिकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको हो ।
ताजिकिस्तानसँगको हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
जितसँगै समूह ‘बी’ को ताजिकिस्तानले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितसहित ताजिकिस्तान शीर्ष स्थानमा पुगेको छ ।
नेपाल भने दुई खेलमा अंकविहीन हुँदै पुछारमा रहेको छ । पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोलअन्तरले पराजित भएको थियो ।
अब नेपालले अन्तिम खेलमा लेबनानसँग आइतवार खेल्नेछ ।
प्रकाशित मितिः ११ कार्तिक २०७८, बिहीबार २१:५९
साझा बिसौनी ।