आजका प्रमुख सात समाचार

  • बागमती प्रदेशमा आज सरकार फेरियो । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएर पद तथा गोपनीयताको सपथ लिए । प्रदेशसभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार पदबाट राजीनामा दिएकी थिइन् ।

 

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीवार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

 

  • बेमौसमी वर्षाले भएको क्षति मूल्याङ्कन गरेर सरकारले कृषकलाई राहत दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई क्षति भएको बालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

 

  • सरकारले चालू संसद अधिवेशन अन्त्य गने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले चालू संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 

  • सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ । प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ। प्रणाली मर्मतको कार्य भइरहेको विभागले जनाएपनि कहिलेबाट पुन: आवेदन खुला हुन्छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन ।

 

  • बिहीवार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षण गर्दा ५२७ जना र एन्टीजेन परीक्षणमा ६४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

  • काँक्रेविहार गोल्डकप फुटबल प्रतियोगितामा आज दुई वटा खेल भएका छन् । आ-आफ्नो खेल जित्दै वीरेन्द्रनगर र भेरीगंगाले प्रतियोगितामा विजयी यात्रा सुरु गरेका छन् ।
प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार २१:३२