सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ । प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ।

‘अनलाइन आवेदन प्रणालीमा केही प्रविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सवैको जानकारीका लागि अनुरोध छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

प्रणाली मर्मतको कार्य भइरहेको विभागले जनाएपनि कहिलेबाट पुन: आवेदन खुला हुन्छ भन्नेबारे भने केही उल्लेख गरिएको छैन । गत सोमवारदेखि सुरू भएको सेवा पुनः बन्द भएसँगै लाइसेन्स आवेदनका लागि कुरिरहेकाहरु समस्यामा परेका छन्।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १७:४४