काँक्रेविहार गोल्डकपमा आज दुई खेल हुँदै

सुर्खेत – सुर्खेतमा सञ्चालन भइरहेको काँक्रेविहार गोल्डकप अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । दिउँसो १ बजे हुने आजको पहिलो खेलमा सिम्ता गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका भिड्दैछन् ।

दोस्रो खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । उक्त खेलमा बराहताल गाउँपालिका र भेरीगंगा नगरपालिकाले प्रतिस्पर्धा गर्ने आयोजक काँक्रेविहार युवा क्लबले जनाएको छ ।

प्रतियोगिता बुधवारदेखि सुरु भएको हो । उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाले गुर्भाकोट नगरपालिकालाई २-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ ।

पालिकास्तरीय फुटबल प्रतियोगिता कार्तिक १४ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए ।

प्रकाशित मितिः   ११ कार्तिक २०७८, बिहीबार १०:००