महोत्सवमा आज : पशुपति शर्मादेखि मुना थापासम्म

सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुतमार्फत दर्शकहरुलाई सांगीतिक मनोरञ्जन दिदैछन् ।

आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले आज दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

त्यसैगरी अर्की चर्चित गायिका मुना थापाको प्रस्तुती पनि आजै रहेको छ । सरिस्मा रामजाली मगर, अरविन्द्र भट्टराई लगायका कलाकारहरुले पनि आफ्नो प्रस्तुती राख्ने जनाइएको छ ।

आज महोत्सवको पाँचौं दिन हो ।